Media Network

गृहमन्त्री लामिछानेद्वारा मिडियामा गलत सुचना प्रवाह भइरहेको टिप्पणी


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौँ।उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले मिडियाबाट गलत सुचनाहरु प्रवाह नभइदिए मात्र पनि आफूहरुले जवाफ दिएर हिड्नु नपर्ने बताएका छन्।मंगलबारको प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘मलाई त्यहाँ (मिडिया)मा आएका विषयवस्तुहरुमा कुनै किसिमको केही कमेन्ट गर्ने पक्षमा छैन। तर मिडियालाई मिडिएम बनाएर गलत सुचनाहरु प्रवाह भइदेन भने मात्र पनि हामीले जवाफ दिएर हिडनुपर्ने थिएन।’

यद्यपी उनले आफूलाई मिडियामा त्यति धेरै इन्ट्रेस्ट नभएको बताए। ‘मिडियामा मलाई त्यति धेरै इन्ट्रेस्ट छैन। म त्यहाँबाट निस्किसकेको मान्छे हो’, गृहमन्त्री लामिछानेले भने।

Share:
Reaction :
ताजा समाचार
खेलकुद