Media Network

गृहमन्त्रीले दिए एमालेलाई जवाफ - पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले  कोशी प्रदेशको आन्दोलनबारे  सरकारसँग मागेको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका छन्। गृहमन्त्री श्रेष्ठल पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताएका छन्।उनले बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको पनि बताए।

उनले भने, ‘विविध पक्षको प्रकार संस्था र संगठन छन्। जसले पहिचानको पक्षधर भएको बताउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। हामी संविधान लोकतान्त्र र शान्तिपूर्ण बाटोलाई सुनिश्चिता गर्न चाहन्छौं। संघीयता होस् वा कोशी प्रदेशको वैचारिक विरोध गर्नु वा फरक दृष्टिकारण राख्नु, अर्को नामको पक्षमा जनधर खडा गर्न पाउँछन्।’

अराजक गतिविधिलाई सरकार छुट नदिने भन्ने कुरा आन्दोलनकारिलाई सरकारले भनिसकेको बताए। उनले अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको बताए। प्रदेश सरकारले पनि वार्ताको लागि आह्वान भइसकेको सकारात्मक कुरा भएको बताए।

एमाले अध्यक्षसहितका नेताहरुमाथि भएका दोषीहरुलाई कानुनी कारवाही गर्ने बताए।

कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ

Share:
Reaction :
ताजा समाचार
खेलकुद