Media Network

गोरखा–२ बाट प्रचण्ड निर्वाचित


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे । गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो ।

प्रचण्ड चौथो पटक गोरखा २ बाट सांसद बनेका हुन् । ०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए। ०७४ मा चितवनबाट निर्वाचित भएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद