Media Network

कांग्रेस मुख्यालयमा कुटाकुट, केन्द्रीय सदस्यको नाक फुट्यो


खबरस्टोरी संवाददाता

२५ असार २०८१,सोमबार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको छ ।स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कुटपिट भएको हो ।कुटपिटबाट नेपालको नाकमा चोट लागेको छ । उनको स्टार अस्पतालमा उपचार गरिएको बताइएको छ ।नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ । तर कारण भने खुल्न सकेको छैन ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद