‘नेपाल आजसम्म स्वतन्त्र देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ ,’ उनले भने । देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गएको उनको भनाइ छ ।
सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । ‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढेको छ,’ उनले भने ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने बताए । साथै उनले नेताहरूलाई खबरदारी गर्न युवाहरूलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले गोरखाको विकासका लागि साझेदारी गर्न आग्रह गरे । ‘गोरखालाई दुःख पिर पर्दा मेरो सहयोग रहन्छ । गोरखाको विकासका लागि साझेदारी गरौँ,’ उनले भने ।