Media Network

कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले  कोशी प्रदेशको आन्दोलनबारे  सरकारसँग जवाफ मागेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन र त्यस क्रममा भएका घटनाहरुका सन्दर्भमा सरकारसँग जवाफ मागेको हो ।एमाले सचिव योगेश भट्टराईले सरकारसँग जवाफ माग गरेका हुन् ।

प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभामा रहेको र त्यसअनुसार प्रदेश सभाले पनि नाम तोकेको उल्लेख गर्दै उनले नाम तोकिसकेपछि भएको आन्दोलन र त्यसक्रममा भएका घटनाहरुका सन्दर्भमा  गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेका हुन् ।

मधेश प्रदेश नाम राख्दा ९३ जनाले सोही नाममा समर्थन जनाएको र बाँकी ४ जनाले असहमति जनाएको बताए ।

मधेश प्रदेशको नाम राख्दा एमालेले जानकी राख्ने भने तापनि मतदानबाट मधेश प्रदेशको नाममा बहुमत पुगेकाले लोकतान्त्रिक पद्धति अनुसार भएको निर्णयलाई मानेको बताए । तर, अहिले कोशी नाम राख्दा एमालेविरुद्ध केन्द्रित गरेर आन्दोलन भएको उनको दाबी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद