Media Network

लालपुर्जा वितरणबारे सरकारलाई विश्वप्रकाशले दिए चार सुझाव


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७९,आईतवार

काठमाडौँ।नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले लालपुर्जा वितरण प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। 

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शर्माले देशभरका लालपुर्जाविहीन नागरिकहरुले लालपुर्जा कहिले आउँछ भनेर सोधिरहेको बताउँदै यथाशीघ्र वितरणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। 

‘कतिपय ठाउँमा लालपुर्जा वितरण सूरू पनि गरिसकेको छ। तर गरिब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन,’ उनले भने।

कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले लालपुर्जा वितरण गर्दा चार विषयलाई ध्यान दिन सरकारसमक्ष आग्रह गरेका छन्।

उनले नापी नभएको ठाउँमा अविलम्ब नापी सुरू गरिहाल्नुपर्ने, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइनुपर्ने, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइनुपर्ने र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गर्नुपर्ने बताएका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद