Media Network

कांग्रेसका सहमहामन्त्री चौधरीसहित तीनजना नेता कारवाहीका लागि सिफारिस


खबरस्टोरी संवाददाता

२९ भाद्र २०७९,बुधबार

काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्लाले खानेपानी तथा सरसफाइ मन्त्रीसमेत रहेका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरीसहित तीनजना नेतामाथि अनुशासनको कारवाहीका लागी सिफारिस गरेको छ ।

जिल्ला अनुशासन समिति बाराले भदौ २८ गते मंगलबार केन्द्रीय अनुशासन समितिलाई जानकारी गराएको पत्रमा सहमहामन्त्री चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।

त्यस्तै, जिल्ला अनुशासन समितिले पूर्वसांसद तथा महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र २ नम्बर क्षेत्रीय समितिका सभापति रामप्रवेश प्रसाद यादवलाई पनि निलम्बन गरेको छ।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्य नरहने गरि निलम्बन गरिएको हो।

संयोजक यादवका अनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवविरूद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत मागेको, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्र प्रसाद यादवको विरूद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मांगेको र मत दिलाउन लगाएकाले आरोप लागेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद