Media Network

निर्वाचित भए जनताको राष्ट्रपति भएको अनुभूत गराउनेछु: नेम्वाङ


खबरस्टोरी संवाददाता

१३ फाल्गुन २०७९,शनिबार

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । कार्यसम्पादन समितिको निर्णयअनुसार पौडेलले शनिबार नै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवालाई दायाँबायाँ राखेर संघीय संसद भवनको ल्होत्से हलमा पुगेका पौडेलको प्रस्तावक र समर्थकमा ८ दलीय गठबन्धनका नेताहरु छन् ।

प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवाका साथै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका अशोक राई र जनमत पार्टीका अब्दुल खान छन् ।

समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

८ दलबीच शुक्रबार राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने सहमति जुटेको थियो । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल नै बलिया उम्मेदवार थिए, एक्ला भने होइनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निकै लबिङ गरेका थिए भने गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्माले पनि रुची देखाएका थिए ।

तर कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरे र उनकै नाममा सहमति जुट्यो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद