प...">
Media Network

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता बुझ्न संसदीय उपसमिति पोखरामा


खबरस्टोरी संवाददाता

२५ असार २०८१,सोमबार

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितताको छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमिति पोखरा पुगेको छ । असार १३ गते राजेन्द्र लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने अख्तियारी पाएको उपसमितिले सोमबार बिहान विमानस्थल आयोजनाको ब्रिफिङ लिने संयोजक लिङ्देनले जानकारी दिए । उपसमितिले बिहान ८ बजेदेखि १० बजेसम्म आयोजनाबारे प्रश्नहरू सोध्नेछ ।

उपसमितिले विमानस्थलको आवश्यकतादेखि गुरुयोजना, लागतरठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययनरछानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद