Media Network

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमालेको अग्रता, कुन दल कुन स्थानमा ?


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा छ । बिहीबार बिहानसम्म प्रत्यक्षतर्फ २५ क्षेत्रमा जित हासिल गरेर पहिलो स्थानमा बढिरहेको कांग्रेसले समानुपातिकतर्फ बिहीबार बिहानसम्म ४ लाख ३२ हजार १०८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ कांग्रेसले ३३ क्षेत्रमा अग्रता लिइरहेको छ ।

समानुपातिमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । हालसम्म एमालेले ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने एमाले १४ क्षेत्रमा निर्वाचित हुँदै दोस्रो स्थान रहेको छ । प्रत्यक्षतर्फ एमाले २८ क्षेत्रमा अग्रता लिइरहेको छ ।

हाल जारी मतगणनाअनुसार तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ । यस्तै, ५ क्षेत्रमा अगाडि छ ।

यस्तै, समानुपातिकतर्फ नेकपा माओवादीले दुई लाख मत कटाउँदै चौथो स्थानमा रहेको छ । माओवादीले बिहीबार बिहानसम्म प्रत्यक्षमा ६ क्षेत्रमा जित हासिल गरेको छ भने १२ क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ २८ हजार ६५५ मत पाएको छ । यस्तै, प्रत्यक्षतर्फ ५ क्षेत्रमा जित हासिल गरेको छ भने ५ स्थानमा अग्रता लिइरहेको छ ।

समानुपातितर्फ राप्रपा पाँचौं स्थानमा छ । राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ । राप्रपाले हालसम्म प्रत्यक्षतर्फ दुई क्षेत्रमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद