Media Network

राष्ट्रपतिले चालेको कदमको पहिलो दिन पुत्ला दहन देखि समर्थकको प्रदर्शनसम्म


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोे विषयले राजनीतिमा तरंग ल्याएको छ । उनका पार्टीका भातृ संगठनले उनको समर्थन गरेका छन् भने  माओवादी केन्द्रको भातृ संगठनले पुतला जलाएर विरोधमा प्रदर्शन गरेको छ  ।  आज बुधवार नेकपा एमालेको भातृ सङ्गठनले राष्ट्रपतिको कदमको पक्षमा र नेकपा माओवादी केन्द्रको भातृ सङ्गठनले विपक्षमा काठमाण्डौमा प्रदर्शन गरेका हो। 

विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ सङ्गठन युवा सङ्घले राष्ट्रपतिको तस्बिर छातीमा टाँसेर खुसीयाली मनाएका छन् । तर माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले संसद्ले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै प्रदर्शन गरेको छ । 

संसद्ले दोस्रो पटक जस्ताको तस्तै पारित गरेर पठाएको राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो । राष्ट्रपतिले १५ दिनभित्रमा विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रपतिको कदम विपरित भएको भन्दै सयुक्त बिधार्थी आन्दोलन हुने भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद