Media Network

सप्तरी २ : सिके राउत निर्वाचित, उपेन्द्र यादव दोब्बर बढी मतले पराजित


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सिके रावत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

उनले सप्तरी २ मा जसपाका अध्यक्ष यादवलाई पराजित गरेका हुन् । उपेन्द्रलाई दोब्बरबढी मतले पराजित गरेर सिके संसदमा पहिलो पटक छिर्ने ढोका खुल्ला गरेका हुन् । सीके राउतले ३५ हजार ४२ मतसहित बिजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा सिमीत भएका थिए ।संसदीय निर्वाचनमै उनको पहिलो सहभागिता हुनेछ । 

स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुँदा उसले १९ वडाध्यक्ष र २ पालिका प्रमुख जितेको थियो । दुवै पालिकाको नेतृत्व जनमत पार्टीले सप्तरीमै जितेको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद