Media Network

संसदमा राजेन्द्र लिङ्देनको प्रश्न- सरकार मुठभेडतर्फ जान खोजेको हो?


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७९,बुधबार

काठमाडौँ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान खोजेको हो भन्ने प्रश्न गरेका छन्।आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गणतन्त्रमा कुनै नागरिक राजावादी हुन नपाउने हो भन्ने प्रश्न पनि गरे।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि मिटरब्याज पीडित भेटमा जाँदा दुर्ब्यवहार भएको उल्लेख गर्दै उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको होरु के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैनरु’

उनले सरकारलाई मुठभेड नित्याउनेतर्फ नलाग्न पनि आग्रह गरेका थिए।

मिटरब्याजी पीडितका समस्या समाधानमा सरकारले छिटो खोज्नुपर्ने उनले बताए। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद