कोइरालाले बोलाएको बैठकमा महामन्त्री शर्मा उपस्थित नहुने शर्मा निकट एक नेताले जानकारी दिए । ‘विश्व जी, शेखर दाइले बोलाएको बैठकमा जानुहुन्न् । शेखर दाइले बोलाएको बैठकमा नजानु भनेको देउवासँग नजिकिने भन्ने होइन,’ शर्मा निकट एक नेता भन्छन्, ‘उहाँ शेखर दाइले बोलाएको बैठकमा नजानु गगन थापासँग सम्बन्ध टाढा बनाउन पनि होइन ।
अर्का नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।