Media Network

दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेका छन् : सांसद पौड्याल


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितले भनिरहेको बताइन् ।

‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँ (मिटरब्याजी)हरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुप¥यो’ उनले भनिन् ।

राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका व्यक्तिबाट मिटरब्याजमा पैसा लगाउने काम भएको भए रोक्नुपर्ने पौड्यालले बताइन् ।

उनले मिटरब्याज पीडितलाई खुलामञ्चमा बस्न नदिएकामा पनि असन्तुष्टि जनाएकी छन् । ‘खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेशबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने ?’ सांसद पौड्यालले प्रश्न गरिन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद