Media Network

उपराष्ट्रपति निर्वाचनमा ५३ सांसदले हालेनन् भोट


खबरस्टोरी संवाददाता

३ चैत्र २०७९,शुक्रबार

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । २१ संघीय सांसद र ३२ प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेकोमा उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान प्रक्रियामा संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र साँझ ६ बजेसम्म नतिजा आउने निर्वचन अधिकृतको कार्यालयले जनाएको छ । 

यी हुन् उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू 

१. राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा – ४२ जना

२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा – ४ जना

३. राष्ट्रपति रामचन्द्र पौडेल – १ जना

४. संघका चन्द्र चण्डारी (बिरामी) – १ जना

५. संघका बर्षमान पुन (बिरामी) – १ जना

६. संघका सनाज रहमान (मृत्य) – १ जना

७. संघमा लक्ष्मी कोईरी महतो (फरार) – १ जना

८. जसपा प्रदेश सांसद– १ जना

९. संघको मनोरमा शेरचन (बिरामी) – १ जना

– संघमा २१ जना

– प्रदेशमा ३२ जना

Share:
Reaction :
ताजा समाचार
खेलकुद