Media Network

असोजमा ६३ हजार युवा रोजगारीका लागि विदेशिए


खबरस्टोरी संवाददाता

२५ कार्तिक २०७९,शुक्रबार

काठमाडौं । गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् ।

गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

असोजमा औसत २ हजार ९० जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौयता यस्तो औसत संख्या करिब २ हजार ५ सय थियो ।

असोजमा विदेशिनेमध्ये सबैभन्दा धेरै मलेसिया गएका थिए । एक महिनाको अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीका लागि पुगेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद