Media Network

अष्ट्रेलियामा नेपालको प्रबर्द्धनका लागि सिड्नी फेष्टिभल हुँदै


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रबद्धनात्मक नेपाल फेष्टिभल २०७९ मंसिर ३ गते शनिबार हुने भएको छ ।

मंसिर ३ गते शनिबार १९ नोभेम्बरका दिन नेपालीहरुको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेष्टिभल गर्न लागिएको हो । नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरुको प्रचार गरिनेछ ।

औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुने आयोजकले जनाएको छ  । कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरु सिड्नी आइपुगेका छन् ।

यस पटकको नेपाल फेष्टिभलमा ५५ वटा स्टलहरु राखिएको जनाइएको छ भने यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरुको रहेको छ । रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरुले नेपाल फेष्टिभलमा आफ्नो उपस्थिति जनाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद