Media Network

बेलायती सांसद विरेन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्मान समारोह सम्पन्न


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौं।संयुक्त अधिराज्य बेलायतका सांसद विरेन्द्र शर्माको प्रमुख आतिथ्यमा वल्र्ड बुक अफ रेकर्डस्को सम्मान समारोह सम्पन्न भएको छ । माननीय उदय शम्शेर राना, माननीय सराज अहमद फारुकी, माननीय डा. रेखा यादव, माननीय बलराम अधिकारी, डमनिक मफिट (बेलायत) र रवि जंग लामिछाने (बेलायत) को विशिष्ट आतिथ्यमा सम्पन्न भएको समारोहमा विश्व कीर्तिमानको प्रमाणपत्र र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा योगदान पु¥याउनु भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको (८८४८.८६मिटर) चुचुरोमा “चन्द्र सूर्य” एल्बमको म्यूजिक भिडियो डि.भि.डि र पोष्टर विमोचन गरि विश्व कीर्तिमान राख्न सफल वरिष्ठ गीतकार सफल हरिगोपाल प्रधानलाई कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण भएको थियो । रेकर्ड स्थापित गर्न अमूल्य योगदान दिएका नायक÷गायक÷निर्देशक निर्णय श्रेष्ठ (नायिका विष्णु चेमजोङ्ग लगायत सहयोगी संस्था एवं व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी हिमालय एयरलाईन्स (अध्यक्ष झाउ एन्योङ्ग), डा. गौरी शंकरलाल दास (वरिष्ठ समाजसेवी), डा. चिन्तामणि नाथ योगी (आध्यात्मिक गुरु÷उत्प्रेरक) कर्मा गुरुङ्ग (लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक्ट गर्भनर ३२५ इ ) सन्तोष कुमार शाह (युवा उत्प्रेरक÷कार्यक्रम प्रस्तोता) लाई आ–आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएकोमा प्रमाणपत्रद्वारा विभूषित गरिएको थियो ।

मूर्तिकला र बास्तुकलालाई विश्वभर पु¥याउन सफल ड्रेगन इन्भेष्टमेन्ट प्रा.लि. र हेयर ट्रान्सपलान्ट र स्क्रीन ट्रिटमेन्ट लगायत विश्वस्तरिय मेडिकल सेवा प्रदान गरिरहेको आरोगिन हेल्थ केयर प्रा.लि. लाई क्वालिटि सर्टिफिकेटद्वारा सम्मान गरिएको थियो । सम्मानित सबैलाई वल्र्ड बुक अफ रेकर्डस्का नेपाल अध्यक्ष सागर कट्वाल, वल्र्ड बुक अफ रेकर्डस्का प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्ला एवं वल्र्ड बुक अफ रेकर्डस्, बेलायतका अध्यक्ष दिवाकर सुकुलले बधाई व्यक्त गरेका थिए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद