Media Network

बेलायतका महाराज चार्ल्सबाट नेपालीलाई उच्च पदक


खबरस्टोरी संवाददाता

१८ पुष २०७९,सोमबार

काठमाडौँ।बेलायतस्थित नेपाली समाजसेवी महन्त श्रेष्ठलाई बेलायतका महाराज चार्ल्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीइ) पदवी प्रदान गरिएको छ।

अंग्रेजी नयाँ वर्षमा दिइने विभिन्न पदवी अन्तर्गत व्यवसायीसमेत रहेका श्रेष्ठले ओबीइ पाएका हुन्। कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति उक्त विशिष्ठ पदवी दिने गरिएको छ।

आफ्नो सेवाको मूल्यांकन गरेर बेलायती राजाको बाहुलीबाट यस्तो उच्च पदवी पाउनु आफूलाई निकै उपलब्धिपूर्ण लागेको बताउँदै यो प्राप्तिले आगामी दिनमा समर्पित भएर नेपाल र नेपाली समुदायको सेवामा लाग्न उत्प्रेरित हुने श्रेष्ठले बताएका छन्।

श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ पर्यटन दूत समेत हुन्।

सन् १९७६ मा बेलायत आएसँगै विभिन्न व्यावसायमा आवद्ध श्रेष्ठ समाजसेवाको रूपमा एनआरएनए यूकेको संस्थापक अध्यक्ष, पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष समेत रहेर कार्यरत थिए ।

श्रेष्ठले नेपालमा होटल व्यावसायमा समेत लगानी गरेर सञ्चालन गर्दै आएका छन्।

यसअघि ओवीइ पदक पाउने नेपालीमा डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धिताल रहेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद