Media Network

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा शान्तकुमार पहरी निर्वाचित


खबरस्टोरी संवाददाता

२१ कार्तिक २०७९,सोमबार

काठमाडौँ। नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा शान्तकुमार पहरी निर्वाचित भएका छन् ।आइतबार राजधानी टोकियोमा भएको महासंघको जापान शाखाको पाँचौँ अधिवेशनले पहरीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको हो ।

अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका लागि अन्य तीन जनाको उम्मेदवारी परेको थियो । अन्तिमसम्म सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट अध्यक्ष चुनिएका हुन् ।

यसैगरी, उपाध्यक्षमा निर्वाचित रविन्द्र श्रेष्ठ (गोर्खाली), महिला उपाध्यक्षमा निर्विरोध ईन्दिरा खनाल र सचिवमा राजन गौतम निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पहरी जापानबाट संचालन भइरहेको मातृसन्देश डटकमका प्रधान सम्पादक हुन्।

यस्तै, सह(सचिव, विश्वास आचार्य, सजिना मोक्तान र कोषाध्यक्षमा अर्जुन लामिछाने रहेका छन् भने सदस्यमा कृष्ण अधिकारी, लक्ष्मी पौडेल, विकास लम्साल, विष्णु सापकोटा, फुर्वा शेर्पा, दुगल बहादुर (प्रमेश) गुरुङ र भुपेन्द्र केसी रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी महासंघको अधिवेशनको लागि जापानमा पुगेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद