Media Network

एलन मस्कको पूर्ण स्वामित्वमा ट्वीटर, सीईओ अग्रवालसहित उच्च कर्मचारी बर्खास्त


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७९,शुक्रबार

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर अमेरिकी धनाढ्य एलन मस्कको पूर्ण स्वामित्वमा आउने भएको छ । मस्कले केही महिना पहिले ट्वीटर ४४ अर्ब डलरमा खरिद सम्झौता गरेका थिए ।  गत अप्रिल १३ मा खरिद सम्झौता गरेका मस्कले जुलाई ८ मा सम्झौताबाट पछि हट्ने बताएपछि ट्वीटर अदालत गएको थियो । 

मस्कलाई अमेरिकी अदालतले सम्झौता कार्यान्वयनका लागि अक्टोबर २८ सम्मको म्याद दिएको छ । तर मस्कले भने विहीबारदेखि नै सान फ्रान्सिस्कोस्थित ट्वीटर मूख्यालय गएर काम सम्हालेका छन् । कार्यालय पुगेर मस्कले आफू अनुकुलको निर्णय गरेका छन् ।  

प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई विदा गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्वीटरका सीईओ पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल, कानुनी तथा नीतिगत प्रमुख विजय गाडे र सल्लाहकार सिन एजेडलाई मस्कले बर्खास्त गरेको बताइएको छ ।

सीईओ अग्रवालले यसअघि अमेरिकी धनाढ्य मस्कको कडा आलोचना गरेका थिए । मस्कको स्वामित्वमा आएपछि ट्वीटरका ७५ प्रतिशत कर्मचारीको जागिर जाने आशंका गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद