Media Network

ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७७’ नेपालमा सार्वजनिक


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौं।  ओप्पोले आइतबार  नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २ डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमा भन्दा धेरै छन् । 

“हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्द लिन चाहन्छौँ ।” ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ । त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरुको आवश्यकता अनुसार, ओप्पो ए ५७ मा ५००० एमएएच् ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनिबच्न सक्नुहुन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।

क्यामेरा 

यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फीक्यामेरा रहेका छन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट १०८० पी मा भिडियोहरू खिच्न सक्छ । 

डिस्प्ले 

यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एसप्यानलरहेको छ । स्क्रिनले डिसिआई–पि ३ कलर गामटको ९६ प्रतिशत कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटर ड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भाग अलि ठूलो छ ।  

हार्डवेयर क्वालिटी

ओप्पोए ७७ मा मिडीया टेक हेलियो जी ३५ ४ जीबी र्याम र १२८ जिबीईन्टर्नल स्टोरेजको साथ आएको छ । हेलियो जी ३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई ८३२० जिपीयु भएको १२ एनएमचिपसेट हो । साथै, आईपी एक्स ४ द्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदा स्क्यार्च नहुने र औंलाका डामहरु नबस्ने गरी बनाइएको छ ।

पर्फमेन्स 

कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ ।ओप्पो ए ७७ ४ जी फोनमा ५००० एमएएच्ब्याट्रीसँग आउँछ र युुएसबी सी पोर्ट मार्फत ३३ वाट  द्रुत चार्जिङलाई समर्थन गर्दछ ।

गोपनीयताको संरक्षणः 

फोटो वा भिडियोहरू सार्वजनिक गर्दा, तपाईं भौगोलिक जानकारी र अन्य फोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सक्ने छन् । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थान जानकारी सहित तपाईको व्यक्तिगत डेटामा कुन–कुन एपहरु प्रयोग गरेको छ भनेर पनि हेर्न सक्नुहुन्छ ।

कलर रिच र आई–कम्फर्ट डिस्प्ले 

 ६.५६ ईन्च डिस्प्लेले ९६ यु एनटिएससी कलर गामुटलाई कभर गर्दछ । यो फोनमा भएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता

ओप्पो ए ७७ ओप्पोकोे मूल्य दायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ । सुपर भोल्युम मोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । 

बजारमा उपलब्धता

ओप्पो ए७७ ४जिबी र्याम +१२८ जिबी रोम सँगै आएको छ । यसले १ टिबीसम्मको एसडीस् कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद