Media Network

भ्यालेन्टाइन डे अर्थात् 'विल यु बी माई भ्यालेन्टाइन’


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं। आज प्रेमको प्रतिक फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस ।नेपालमा पनि केही वर्षयता प्रेम दिवसले प्रेमि प्रेमिकालाई विशेष दिनको रुपमा एक चाड नै बनेको छ ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिदैँ माया जताउने र प्रेम प्रस्ताव अर्थात् । “विल यु बी माई भ्यालेन्टाइन’ भनेर प्रेमको इझार गर्दछन।

 आज  सबै आफ्नो प्रेमी प्रेमिकालाई प्रेमको प्रतीक मानिने रातो गुलाब  दिदैँ यही बाक्यले सम्बोधन गर्दछन्। आफूलाइ मन परेको मान्छे अर्थात् आफ्नो प्रेमिप्रेमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्ने चलन  छ ।

भ्यालेन्टाइन डे एक सप्ताह जसको पहिलो दिन रोज डे धेरै महत्वकाँंक्षी बोकको हुन्छ ।बर्षैले मनमा गुम्सिएर रहेका भावनाहरु रोज अर्थात् रातो गुलावको फूलबाट शुरु हुने प्रेम निकै यादकार बनाउनृ गर्दछ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ। 

भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका पनि बकेको छ। भ्यालेन्टाइन डेमा  नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिदैँ  व्हीस गदैँ प्रेमलाई थप प्रगाढ बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।

यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । गिफ्ट पसलमा वर्ष दिनमा सबैभन्दा बढी व्यापार यहि समयमा हुने व्यापारीहरु बताउछन्।  पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामान बढी बिक्री हुने पाइएको छ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए। 

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद