Media Network

बालेन शहरका रुपमा स्थापित हुँदै काठमाडौं


खबरस्टोरी संवाददाता

२ आश्विन २०८१,बुधबार

काठमाडौं । सडक पेटीहरुको पुननिर्माणले गर्दा काठमाडौंको सुन्दरता निकै बढाएको छ । 

काडमाडौंका मुख्य सडकछेउका फुटपाथ मात्र नभई अधिकांश सडक पेटीहरु निर्माण गरिएकै कारण काठमाडौंको सुन्दरता बढाएको हो । सडकपेटीमै बसेर ब्यापार ब्यवसाय गर्ने ब्यापारीहरुको सामानले भरिने गरेका फुटपाथहरु पनि पछिल्लो समय खाली गरिएका छन् । 

काठमाडौं महानगरपालिकाले सानो र साघुँरो फुटपाथलाई विस्तार तीब्र पारेको छ । काठमाडौं महानगरले सडकपेटी सुधार र मर्मत थालेपछि अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी मनमोहक देखिन थालेका हुन् । 

पुराना सडक पेटी भत्काएर अपाङ्गमैत्री बनाएको छ । जसका कारण अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न सहज भएको छ । काठमाडौंको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर,  रत्नपार्क क्षेत्रका सडकपेटी पुर्ननिर्माणपछि निकै सुन्दर देखिएका छन् । यद्यपि कपितय ठाउँमा नेपाल विद्युत प्राधिकरणले भूमिगत तार विस्तारका क्रममा राखिएका पोइन्टहरुले फुटपाथलाई प्रभाव पारेको देखिन्छ । 

काठमाडौंको सबैभन्दा ब्यस्त र भिँडभाड रहने न्यूरोडको फुटपाथ विस्तार गर्ने महानगरको योजनामा केन्द्र सरकारले अवरोध गरेको थियो । सडक क्षेत्रलाई केही घटाएर फुटपाथ बढाउने काम शुरु भइसक्दा स्थानीय विरोध गर्नुका साथै महानगरले भत्काइसकेको सडकको पीच सडक विभागले टालेको थियो । तर सर्वोच्चको आदेशपछि महानगरले फुटपाथ विस्तार गरेको हो । 

सुन्दर काठमाडौंको देन नै बालेनको भन्ने भाष्य भएको भन्दै केपी ओली नेतृत्वको सरकारले काठमाडौंका सबै सडक छेउका विजलीका पोलपालमा स.वि. अर्थात सडक विभाग लेखेको छ । केन्द्र सरकारले बनाएको काम भन्ने देखाउन यसरी स.वि. लेखिएका छन् । 

तर पनि काठमाडौं यतिबेला बालेन शहरका रुपमा स्थापित हुन थालेका छन् । काठमाडौं शहरलाई अधिकांशले बालेन शहर भन्ने गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि मेयर बालेनले विशेष चासो दिएका छन् । बालेनकै हस्ताक्षेपका कारण काठमाडौंका सामुदायिक विद्यालय नमुनायोग्य नै बन्दै गएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद