Media Network

ओली र लिंदेनमाथि प्रसाँईको राजनीतिमा पूर्व राजा


अञ्जन बस्नेत

५ फाल्गुन २०७९,शुक्रबार

काठमाडौँ। झापा अहिलेको राजनीतिको शक्तिको केन्द्र  नै रहेको छ । राष्ट्रिय दलको शिर्ष नेतामा झापाबाट एउटा सिट कोटा नै जस्तो रहेको देखिन्छ ।

नेकपा एमालेको पार्टी अध्यक्ष केपि शर्मा ओली हुँदै राप्रपाको पार्टी अध्यक्ष राजेन्द्र लिंदेन, नेपाली कांग्रेसका प्रभावशाली नेता महामन्त्री विश्वप्रकाश शर्मा शिर्ष सहित नाम कहलियका नेता मध्यमा पर्दछ । 

कम्युनिष्ट आन्दोलनलाई उच्च विन्दूमा पु¥याउन झापा विद्रोहले पनि झापाको राजनैतिक महत्व बुझाउने गर्छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुखदेखि नेपालका मुख्य राजनीतिक दलको नेतृत्व पनि झापाकै छन् ।

सत्ता गठबन्धनबाटसभामुख निर्वाचित एमालेका देवराज घिमिरे पनि झापाकै हुन् । उनी झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यस्तै उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको इन्दिरा रानामगर पनि झापाकै हुन् । रास्वपाले उनलाई आदिवासी महिलातर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो ।

यस्तै राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल पनि झापाकै हुन् । त्यस्तै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की पनि झापाकै हुन् । मुख्यमन्त्री कार्की झापा ५ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

मुख्यमन्त्री कार्कीसंग मुख्यमन्त्रीका प्रतिस्पर्धी विपक्षी दलको नेता उद्धव थापा पनि झापाबाटै निर्वाचित हुन् । उनी कांग्रेस प्रदेश १ को सभापतिको समेत जिम्मेवारीमा छन् ।

यसैगरी प्रदेश १ को राप्रपा संसदीय दलको नेता भक्ति सिटौला पनि झापाकै हुन् । सिटौला झापा ४ (२) बाट प्रदेशसभामा निर्वाचित हुन् ।राप्रपा प्रदेश १ को अध्यक्ष राम थापा पनि झापाकै हुन् ।

राजनैतिक तरवले झापाको राजनीति प्रदेश नम्बर एक को नेतृत्वको जिल्ला भएको छ । झापामा शिर्ष नेता रहेका क्षेत्रमा नेकपा एमाले, राप्रपा र नेपाली कांग्रेस तुलनात्मक रुपमा बलियो  नै छन्।

झापाले यसपटक  संसद छिर्न चाहेका लिंदेन र विश्वप्रकाशलाई माननिय बनाएर पठायो ।  नेपाली कांग्रेसको नेता कृष्ण प्रसाद सिटौलालाई हराउदै राजेन्द्र लिंदेनले संसदमा पाइला टेके ।

 लिंदेनलाई यँहासम्म ल्याउनुमा झापाको अर्को क्षेत्रका नेता  एमालेका अध्यक्ष केपि शर्मा ओलीको ठुलो देन छ । लिंदेनलाई समात्दा ओलीबाट अहिले ओलीका अर्का पात्र व्यवसायी दुर्गा प्रसाँई उछिट्टिन पुगेका छन्। 

दुर्गा प्रसाँई व्यवसायीहुँदै राजनीतिमा फट्को मार्न चाहान्थ्ये। राजनीतिमा आएको अफरको सहि सदुपयोग गर्न माहिर प्रसाँई झापाका एमाले र राप्रपाको गठबन्धन हुँदा चेपुवामा परे ।

झापाको लागि प्रसाँई ओलीको अलिक खाश नै थिए । अध्यक्ष ओली झापा जाँदा उनको लागि हिड्न आवश्यक सवारी साधन सबै दुर्गा प्रसाईले नै गर्दै आएका थिए ।

प्रसाँईले सार्वजानिक रुपमा नै निर्वाचन लड्ने भनेर धोषणा गरिसकेका थिए। उनि हाल नेकपा एमालेको केन्द्रिय सदस्य पनि हुन् । 

नेकपा माओवादी पार्टीमा सामेल भई राजनैतिक यात्रामा होमिएका प्रसाँई प्रचण्डलाई लत्याउँदै एकाएक ओलीसंग आइपुगे । उनको पार्टी अध्यक्षप्रतिको अभिव्यतिहरु सुन्दा उनि निकै कर्मठ निष्ठावान देखिन्छन् । बिडम्बना उनले पार्टी परित्याग गर्दा उनको अभिव्यक्ति खेदजनक हुन्छ।

गत निर्वाचनमा  लड्न नपाएको झोकमा प्रसाँई अहिले राजावादी भएका छन् । राजेन्द्र लिंदेन र दुर्गा प्रसाई एकै निर्वाचन क्षेत्रका हुन्। राजनीतिमा सफल हुन प्रसाँईलाई लिंदेनलाई बाटोबाट हटाउन जरुरी छ ।

त्यस्तो त राजेन्द्र लिंदेनपनि राजाको खाश पात्र नै हुन् । राप्रपा पार्टी निर्मल निवासबाट सञ्चालन हुने अभिव्यक्ति पूर्व अध्यक्ष कमल थापाले पार्टी फुटाउने बेला बताइसकेका छन् ।

 राजाले लिंदेनलाई काखि च्यापेको भन्दै उनले राप्रपा मात्र छाडेनन्। राप्रपा नेपाल भनेर नयाँ दल नै दर्ता गरे ।राजतन्त्र र हिन्दूराज्यको वोकालत गर्ने थापा एकाएक राजतन्त्रको विद्रोही भए ।उनको ऐजण्डा श्रिफ हिन्दुराज्यमा सिमित राखे ।

लिंदेन र राजा धेरै निकट छन् भन्ने देखिन्छ ।यतिको बिचमा दुर्गा प्रसाँईको च्याँखेदाउ काम लाग्छ लाग्दैन भन्न सकिन्न ।दुर्गा प्रसाँईको चतुँयाईले पूर्व राजालाई मख्ख बनाउलान् त  प्रश्न देखिरहेको छ । प्रसाँइले विगतमा प्रचण्ड र ओलीलाई पोसिसकेका छन्। 

पूर्व राजा जनताले विरलै देख्न पाँउछन् । उनले विशेष अवस्थामा मात्र जनताको नाममा सम्बोधन गर्ने गर्दछन् । यधपि राजा राप्रपाको कुनै पनि कार्यक्रममा नि सरिक भएका छैनन्। 

सडकमा आन्दोलन गर्दै राजतन्त्र जिन्दावाद भनिरहेको गुवा पिडिलाई लिएर नि गुपचुप बसेको राजा केहि भेटबार्ता मै प्रसाँईले झापा मा देखाइदिए।

आश्चर्यजनक तव भयो जँहा राजा पुगेका थिए त्यहा राप्रपाको कोहि थिएन । कार्यक्रममै प्रसाँईले राप्रपाले कार्यक्रममा जान मान्छे रोकेको दोष नै लगाइदिए ।

प्रसाँईको राष्ट्रवादी नाराको मेचि महाकाली अभियानले झापाको राजनीति तरंगित बनाएको छ । मेचि नदिको पुलमा पूर्व राजाको सपरिवारबाट समुद्घाटन गरिएको यो अभियान प्रसाँईको ओली लिंदेनप्रतिको राजनीति कुन्ठा हो कि राजतन्त्र फर्काउ अभियान हो उनले खुलेका छैनन्।

पुर्व राजा र युवराज पारसबिच राम्रो सम्बन्ध कहिले देखिएको थिएन । दुर्गा प्रसाँईले बाबु छोरा एउटै कार्यक्रममा राख्दा राजपरिवारलाई नियाल्दै बसेका तमाम जनता आश्र्चयमा परेका थिए । युवराज र पूर्व राजा एकै ठाँउमा देख्न कमै मात्रामा पाइन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद