Media Network

राप्रपालाई कसरी पुरातनवादी दल मान्ने


अञ्जन बस्नेत

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) भन्ने बितिकै जनमासनमा छुट्दै जनउत्तर इकिंत हुँदै आइरहेको छ ।  देशमा दलिय व्यवस्था आयो धेरै दल दर्ता भए । कतिको सिद्दान्त नै बुझ्न सकिदैन भने कतिका सिद्दान्त केलाउदै जाँदा मेल खान आँउछ ।

राजनीतिमा धेरै पुरानतवादी दल /शक्तिलाई नै दक्षिणपन्थि शक्ति भनिन्छ । खास दक्षिणपन्थि र बामपन्थि शक्ति बिभाजनले कहिले अडिक रहन सक्दैन ।

कुनैपनि एण्जेण्डाको दाँयापट्टि उभिन्छ भने उ दक्षिणपन्थि हो भने त्यस एजेण्डाको बाँया तर्फ उभिन्छ भने उ बामपन्थि हो । 

पुनातनवादी अर्थात पुरानै राज्य संरचना कि नँया राज्य संरचना अर्थात हिन्दुराज्य सहितको राजतन्त्र कि धर्मनिरिपेक्ष सहितको गणतन्त्र । राप्रपा एक मात्र जो पुरानवादी शक्तिको पक्षमा अभिएको छ । 

राप्रपाको धर्म कर्म नै पुरानतवादी शक्ति पुन स्थापना गर्नु हो । जस्तो हिन्दु धर्मगन्थ्रमा  भनिए  जस्तै क्षेत्रियको धर्म भनेकै हिन्दुत्वको सदैव रक्षा गर्नु हो ।

राप्रपाको धर्म नै हिन्दु धर्म र राजतन्त्रको पुनः स्थापना गर्नु हो ।  पहिल्लो राजनीति अभ्यासमा विचार वादको राजनीति बिरलै भएको देखिन्छ । नँया पार्टी स्थापना हुनु कुनै नौलो वाद होइन अहिले कुनै एक एजेण्डालाई उद्रित गर्दै शक्तिको राजनीतिमा हाम फ्याल्ने राजनैतिक नजिरले हामि ससक्रित भइसकेका छौँ।

चुनावी घोषणपत्र भुल्नु नेपालको राजनीतिक परिवेक्षमा कुनै नौलो होइन । राप्रपाकै गत अबिधेशनबाट चुनएिर आएका अध्यक्ष राजेन्द्र लिंदेनले त्यहि समारोहमा भनेका थिए   गाँउ घरमा नेता आयो भन्दा को नेता आयो भन्दैनन् कुन चै चोर आयो भन्छन् । 

जनतामा यहि नै नजिर बसिसेको छ । यो कुनै व्यक्तिमा इकिंत भएको ट्याग होइन  ।सिंगो राजनीतिप्रतिको बेथितीले राजनीतिकर्मीमाथि लगाइएको ट्याग हो । 

राप्रपा एक मात्र पार्टी हो जसले अझैपनि नेपालमा पुरातनवादी सोचलाई विचल्लीत हुन दिएको छैन। 

रानजनीति विचारधारमा वामपन्थि र दक्षिणपन्थि राजनीतिको बिचरमा केन्द्रवाद र मध्यममार्ग हुने गर्दछ पुरानतवाद दक्षिणपन्थि तिरको मध्यममार्ग तिर पर्दछ ।

१८ औँ शताव्दिमा पुरातनवादी “ टोरीज” विरुद्ध “ हेविग्ज” समूह पछि वेलायतबाट आधुनिक राजनीतिक दलको उदय भएको हो । अझैँपनि बेलायतमा (टोरीज)कन्जर्भेटिभ पार्टीले विशाल बहुमत रहेको छ । त्या द्रोस्रो ठुलो दलमा लेवर पार्टी रहेको छ ।

त्यस्तै हाल फ्रान्सका नेसनल ¥याली, रिपब्लिकन, सोसलिस्ट पार्टी र फ्रान्सेली कम्युनिष्ट पार्टी प्रमुख राजनीतिक दलहरु हुन् । जसमा सोसलिसट पार्टी पुरानतवादी पार्टीको रहेको छ । 

मित्रराष्ट्र भारतमा पुरातनवादी दल भनेर भारतिय जनता पार्टी(भाजपा)लाई चिनिन्छ। सन् २०२२ को महाराष्ट्र राजनीतिक सङ्कटको परिणामस्वरूप शिवसेना र बालासाहेबान्ची शिवसेना नामक दुई गुटहरू बनेका थिए। वर्तमान समयमा यो राजनीतिक दल भारतीय जनता पार्टीसँग गठबन्धन गरेर महाराष्ट्र राज्यको सत्तारुढ दलको रूपमा काम गरेको छ ।

भारतीय जनता पार्टी भारतीय को दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । यो दललाई “राष्ट्रवादी हिन्दू“ को रूपमा चिह्नित गरिन्छ । पार्टीको मञ्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ।

विश्वको धेरै देशहरुमा पुरातनवादी दलहरु रहेका छन् । जसमाध्य केही देशहरुको शाशक नै पुरानतवादी दल भइरहेको छ । रुढिवादी दल भनिएता पनि विश्व राजनीतिमा यसको छुट्टै एजेण्डा र छाप रहि आएको छ । 

नेपालमा रहेको पुरानवादी दल अर्थात् राप्रपाको विचार र पुरातनवाद सधै ओझेलमा र विवादमा पर्दै आइरहेको छ । नेपालको राजनीतिक भुमरीमा राप्रपा रुमलिरहेको छ ।

 जनता छन्। तर मत छैन ।समानुपातिकमा जेनतेन मत झर्छ त्यो पनि पुराना पुस्ताको मात्र । यसरी नै चलिरहेको राप्रपा आपसी विचार नमिल्दा नै अधिवेशन प्रश्चात टुक्रिन पुग्यो।

अहिले सत्तारुढ गठबन्धनमा रहेको राप्रपाको कदम झनै विवादित हुन थालेको छ । शक्ति र सत्ताको लागि विपरित धूर्वसँग जोडिदा राप्रपाको धर्म नै नासिने होकि अन्योलमा परेको छ । 

गणतन्त्र धर्मनिरिपेक्ष तथा संघियता खारेजीको माग गर्दै आएको राप्रपा र गणतन्त्र,धर्मनिरिपेक्ष तथा संघियताको थालनी गर्ने माओवादी अहिले एउटै सरकारमा छन् ।

राजतन्त्र फ्याँकेर जन्मिएको माओवादी र राजतन्त्र फर्काउन हिडेको राप्रपाको कुनै मोडमा टक्राब त पर्ने नै छ । बर्तमान राजनीतिमै दुवैले आफ्नो वाद भुल्न थालिसकेका छन् 

।राष्ट्रनिमार्ता नमान्ने माओवादीले पृथ्वि जयन्ती मनाउनु मात्र नौलो रहेन। प्रदेश खारेजको माग गर्ने राप्रपाले प्रदेशमा उम्मेद्वारी दिँदै प्रदेशको मुख्यमन्त्रीको दावी गर्नुपनि नौलौ राजनैतिक कदम नै मानिएको छ ।

अबको चासोको राजनीति राष्ट्रपतिको निर्वाचन पनि राप्रपाको लागि धर्मसंकट कै विषय देखा परेको छ । गणतन्त्रवादीसंगको सत्तागठबन्धनमा बाधिँएको राप्रपा अवको दिनमा गठबन्धनको निर्णयमा बाधिने छ कि आफ्नो राजतन्त्रवादलाई नै कुर्ने छ । त्यो भोलिका दिनले प्रष्टाउने नै छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद