Media Network

राष्ट्रपति पद: ओली गुमाउन चाहादैनन्, प्रचण्ड दिन चाहादैनन्


अञ्जन बस्नेत

११ फाल्गुन २०७९,बिहीबार

काठमाडौँ। अघिल्लो राजनीतिका अभ्यासले राजनीतिकर्मीमाथि ठुलो परिर्वतनको बैभाव सृर्जना गरि दिएको छ । कम्युनिष्ट पार्टी एकतादेखी पार्टी फुटसम्मको अवस्था आउँदा पार्टीभित्र मात्र त्यसको प्रभाव परेन सिंगो पाँच अवधि नै असान्यजनक रुपमा बिताउन पर्यो ।

राजनीतिक तरंगका बिउ कम्रेड अध्यक्ष केपी शर्मा ओली । ओलीलाई हत्तारिएर विश्वास गर्न अव कसैले आट गर्ने अवस्थामा छैनन् । उनकै भाषामा भन्ने हो भने ढोक्सा थाप्न उनि माहिर छन्। 

पछिल्लो राजनीतिक असामहिक परिर्वतनमा ओलीनीति तंरगित बनाउने नै छ । अधिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टी एकता गरेर कांग्रेसलाई पाखा लगाउने देखि माधव कुमार नेपाल प्रचण्डलाई बाइपास लगाउनसम्म ओलीनीति सफल नै देखिन्छ ।

बर्तमान राजनीतिमा पनि कांग्रेसको मुखको फल चोर्न सफल ओलिनीति अहिले प्रचण्डको दोधारेपनले हलचलमा ल्याइदिएको छ । 

हुनत: ओली र प्रचण्डको आपसी बद्लाको झिनो झिल्को भएर नै होला ओली बढी नै ससंकृत देखिन्छन्। त्यस्तै प्रचण्ड अझै त्यो पुष ५ लाई बिर्साउन सकेका छैन्। उनि अझैपनि प्रतिनिधिसभा विघटन प्रतिगामी रहेको नै बताउँदै आएका छन् ।

अझै यहि विषयको टक्काबमा राष्ट्रपति को भन्ने भन्ने रहेको छ ।राजनीतिको सम्झौता कुनै कानुनी प्रकृयाले नछुने रहेछ । कांग्रेससंगको गठबन्धनलाई लात हान्दै प्रधानमन्त्री खाएका प्रचण्डले एमालेलाई सभामुख र राष्ट्रपतिको भाग दिएको थियो ।

राष्ट्रपति मात्र होइन सभामुख दिने बेला नै प्रचण्डको चाला संकास्पद नै थियो। अन्तत गठबन्धन अनुरुप त्यसबेला उनले सभामुख एमालेलाई नै दिएका थिए।

यता निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको कांग्रेस प्रचण्डलाई नमान्दा सरकार बिहिन बन्न गयो । प्रचण्ड गठबन्धनबाट बाहिरीनुको कारण मै कांग्रेस भित्र दुईमत सृर्जना भयो । एकथरि प्रचण्डलाई दोष दिदै थिए भने अर्को थरि आफ्नै पार्टीलाई दोष दिदै थिए । 

दोषादोष हुँदै गर्दा सभापतिले अर्को निर्णय गरे ।प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने । यो निर्णय थप विवादित बन्दै गया।पछिल्लो राजनीतिको लागि केहि नौलो अभ्यास भएता पनि यो नयाँ भने थिएन। यस अधि नै गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री मनमोहन अधिकारीलाई यस्तो अभ्यास गरिसकेका थिए।

कांग्रेसको बिश्वासको मत प्रचण्डलाई खुशी बनायो तर ओलीलाई भने त्यसैबेला कांग्रेसको चालामा संका देखा पर्यो। प्रतिनिधिसभाको पहिलो बैठक मै ओलिले कांग्रेको चाला ठिक नभएको भन्दै ढोक्सा नथाप्न आग्रह गरे। 

त्यस्तै कांग्रेस एमालेलाई सरकारबाट हटाउने खेल खेल्न सुरु गरिसकेको थियो । उसले हरेक पदमा एमालेको उम्मेदवार भएको मा आफ्नो ढोक्सा अर्थात् उम्मेदवारी दिन थाल्यो भने माओवादी भएको पदमा समर्थन दिदै गयो । 

कांग्रेसको यो कार्यशैलीले ओलीमा हलचली ल्याउन थाल्यो। यसकै असरमा अहिले राष्ट्रपनि पदको अन्योलमा ओली तर्सिएका छन्। 

ओली प्रचण्ड यि दुवै एकअर्कामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्। कांग्रेसबाट ल्याएर प्रधानमन्त्री दिएर प्रचण्डलाई काबुमा राख्ने ओलीनीतिमा कांग्रेस प्रचण्डमा टासिएर आएर फेल पारिदिएको छ । 

कांग्रेस,माओवादी एमालेलाई राष्ट्रपति दिन नहुनेको पक्षमा छन् भने ओली राष्ट्रपति लिन अनेकौ टिक्डम लगाउन थालिसकेका छन् ।उनि कुनै पनि हालतमा राष्ट्रपति गुमाउन चाहदैनन्। 

राष्ट्रपति प्रधानमन्त्री र सभामुखको कार्यअधिकारको स्पष्ट बुभाई .गत राजनीतिक अभ्यासले बुझाइदिएको छ । राष्ट्रपति अनुकूुल हुँदा र नहुँदाको सरकारको कार्यसम्पादनमा हुने अवरोधको राम्रो ठम्माई अहिले प्रचण्डमा परिसकेको छ । 

प्रचण्डको राष्ट्रिय सहमतिमा राष्ट्रपति भन्ने बाहाना कतै एमालेलाई रोक्नु नै नहोला भन्न सकिदैन। प्रचण्ड एमालेलाई मात्र हौइन ओलीले सिफारिस गरेका कुनैपनि पात्रलाई पनि राष्ट्रपति बनाउन तयार देखिदैँनन्। 

 कांग्रेससंगको पुरानो पाँच दलिय गठबन्धन ब्यूँताएर एमालेलाई नै सरकारबाट बाइपास हान्ने खेलमा दखिएका प्रचण्ड राष्ट्रपति पदका लागि निर्णायक पात्र बन्न पुगेका छन् । 

ओलीनीतिमा अहिले फेरि समाजवादीसंग पार्टी एकताको राजनीति चलेको छन् । उनले एमालेलाई राष्ट्रपति नदिने भन्दै गर्दा समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अघि सारेका छन् । यसैबिच राष्ट्रपति पदको राजनीतिमा माधब कुमार नेपालको संक्रिएता बढिरहेको छ । 

तर, अध्यक्ष नेपाललाई पनि प्रचण्डले रापट्रपति मान्नको लागि सकारात्मक भने देखिएका छैनन्। उनको राष्ट्रिय सहमति नै अन्तिम निचोडमा पुराएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद