Media Network

ढाकाकुमार तीन दिन हिरासतमै रहने


खबरस्टोरी संवाददाता

२८ भाद्र २०८१,शुक्रबार

काठमाडौ । रास्वपाबाट निलम्बित भएका सांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराउको थियो । अदालतले तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । 

३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद