Media Network

एक किलो सुन प्रकरणमा जोडिए काभ्रे तरुण दलका नेता


खबरस्टोरी संवाददाता

२८ भाद्र २०८०,बिहीबार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धान नेपाली कानंग्रेसको भातुसंस्था तरुण दलका काभ्रेका नेता संलग्न देखिएको छ । अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।

सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।

उनीहरुको बयानबाट यसमा काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलले पनि सुन प्रकरणमा लामाको खोजी भइरहेको बताएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद