Media Network

कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

काठमाडौं । मोडल तथा गायक दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्। रजुरी दिँदै आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।

दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको महाराजगञ्ज प्रहरी वृत्तका एक प्रहरीले बताएका छज्। उनले  ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ उनले भने।

Share:
Reaction :
ताजा समाचार
खेलकुद