क...">
Media Network

महिला काण्डमा मुछिएका एसएसपी रेग्मी प्रहरी प्रधान कार्यालयको छानविनमा


खबरस्टोरी संवाददाता

२५ असार २०८१,सोमबार

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना एक सिनियर अधिकृतमाथि आचरणसम्बन्धि विषयमा छानविन थालेको छ ।

नेपाल प्रहरी संघीय कार्यालय, पोखरामा कार्यरत एसएसपी दीपक रेग्मीमाथि छानविन भएको हो ।

रेग्मीविरुद्ध एक व्यक्तिले उजुरी गरेका छन् । आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी उच्च स्रोत बताउँछ ।

उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ । जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने एक उच्च अधिकारी बताउँछन् ।

नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु पटक–पटक महिलासम्बन्धि काण्डमा पर्दै आएका थिए ।

एसएसपी योगबहादुर पाल हवल्दारलाई यौन प्रस्ताव गर्दा राजीनामा दिन बाध्य भएका थिए ।महिला काण्डमा डिएसपी भिमलाल भट्टराईलाई समेत विभागीय कारबाही गरिएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद