Media Network

पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न आदेश


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७९,मंगलवार

काठमाडौँ । ठगी र किर्तेसहित चारवटा मुद्दामा पृथ्वी बहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको सिआईबीका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध विरुद्ध अभियोगपत्र दायर गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद