Media Network

रौतहटको मतदान केन्द्रमा दुई राउन्ड हवाई फायर


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौं । मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । केहि क्षण स्थगित भएको मतदान हाल सुचारु भएको प्रहरीले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद