Media Network

स्याङ्जामा पाइलटलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ


खबरस्टोरी संवाददाता

११ माघ २०७९,बुधबार

काठमाडौ । प्रभु हेलिकोप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकोप्टर अवतरण गरेका प्रभु हेलिकोप्टरका पाइलट क्याप्टेन रनेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकोप्टर चढेर पोखरादेखि वालिङ आएका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकोप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुईजना छन्। उनीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। 

हेलिकोप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। उनीहरूले पाइलट डंगोललाई जबर्जस्ती खेल भइरहेको मैदानमा हेलिकोप्टर अवतरण गर्न लगाएका थिए ।

हेलिकोप्टर अवतरण गरेपश्चात् पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिईकन खेल भइरहेको स्थानमा हेलिकोप्टर अवतरण गरिएको थियो। रासस


Share:
Reaction :
ताजा समाचार
खेलकुद