Media Network

श्रीमान नरेशले केही महिनाअघि नै बनाएका थिए हत्याको योजना, गुगल सर्चबाट खुल्यो अर्को तथ्य


खबरस्टोरी संवाददाता

११ भाद्र २०८१,मंगलवार

काठमाडौं । नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टले केही महिनाअघि नै हत्याको योजना बनाएको खुलेको छ । यस घटनामा हरेक दिनजसो नयाँ तथ्यहरु खुल्दै गएको छ ।

वासिंटन पोस्टकाअनुसार गत अप्रिलमा नै भट्टले श्रीमतीको हत्या योजना बुनेको पाइएको छ । भट्टले आफ्नो कम्प्यूटरमा ‘श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ’ भनेर अनलाइनमा सर्च गरेको खुलेको छ ।

रिपोर्टका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका थिए, ‘श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ’?

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश 

श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको बलियो प्रमाणका रुपमा उक्त कुरालाई प्रहरीले अदालतमा बुझाएको छ ।

हाल भट्ट प्रहरीको हिरासतमा रहेका छन् । तर, उनले अपराध स्वीकार गरेका छैनन् । सोमबार उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो ।

सुनुवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायाधीशले धरौटीमा छाड्न अस्वीकार गरेका छन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।


अमेरिकामा हराएकी ममतालाई श्रीमानले घरभित्रै हत्या गरेको प्रहरीको अनुमान, कोठामा भेटियो रगत

प्रहरीकाअनुसार ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न अझै सफल भइसकेको छैन ।

काभ्रे घर भएकी ममता गत ३० जुलाईबाट अमेरिकामा सम्पर्कविहिन छिन् । उनका श्रीमान्‌ले भने ६ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए ।

नेपाली समुदायले सुरुदेखिन नै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टलाई पक्राउ गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद