Media Network

मेरो देशको नागरिकता सस्तो छ र ?


अरुण सापकोटा

१७ माघ २०७९,मंगलवार

काठमाडौँ।तपाई र तपाईका भक्तहरुले अहिले जुन रोईलो मच्चाई राख्नु भएको छ नि त्यो कदापी उचित हैन । तपाईलाई साच्ची नै भन्ने हो भने नेपाली नागरिकता लिने अधिकार नै छैन ।

 तपाई परिपक्क भए पछि वंशजको आधारमा नेपाल देशले त्यस समयमा तपाईलाई नागरिकता प्रदान गरेको थियो जुन बेला यो देशमा बहुदल र राजाको शाशन थियो । नागरिकतामा पनि नेपाल सरकार हैन ,श्री ५ को सरकार भनेर लेखिएको थियो ।

त्यस्को बहुमुल्य नागरिकतालाई तपाई आफैले आफ्नो इच्छाले , त्यसको अपहेल्ना गर्दै नागरिकतालाई परित्याग गर्दै देशलाई समेत लत्याएर विदेशको सुख भोग गर्न जानु भयो ठिक साचो पनि हो ! र मलाई लाग्छ संभवत तपाईले कति आफ्ना परिजनहरुलाई पनि त्यसबेला भन्नु भयो होला , त्यो नेपाल हाम्रो देश हैन यो अमेरिका हो हाम्रो देश हो त्यसैले ग्रिन कार्ड लिएर यतै विकास गरौन् , भनेर त्यस समयमा नेपाल घुम्न पनि आउनु भयो होला , तपाईले कति व्यक्तिहरु र यहाका साथी संगि संग अमेरिकाको कथा पनि भन्नु भयो होला, कतिलाई देश छोड्न प्रेरित पनि गर्नु भयो होला र कति त तपाईको जीवन शैली देखेर लालयित भएर पनि गए होलान्।

यहाको क्याफेको बिल तिर्ने बेला हरियो डलर र त्यहाको डलर कार्ड देखाएर  Keep the chnage  पनि भन्नु भयो होला तर त्यसबेला तपाईको मानसपटलमा एक पटक देश भक्ति पलाएको थिएन होला ! महोदय, तपाईले नेपाली हु भन्ने अधिकार र देशको शाख त्यसबेला आफैले त्यागेको हो । यो देश नेपालले त्याग भनेको पक्कै हैन । तपाईलाई मैले पनि यो  विषयमा समर्थन गर्थे यदि तपाई अफ्गानिस्तानको जस्तो बिद्रोह भएर तपाई र तपाईको परिवारलाई यो देशबाट लखेटेको भए तर त्यस्तो पनि भएको हैन तपाईलाई अब भन्नुस के अहिले को तपाईको रोईलो ठिक छ त ? तपाई के देशको बफादार नागरिक हो त रु तपाई साच्चे नेपाली हो त ? सायद तपाई गणतन्त्र नेपालमा भएर होला अहिले यो देशमा बस्न पाउनु भएको र नागरिकता पनि सजिलै तामझामका साथ पाउनु भएको यदि तपाई झुक्किएर छिमेकमा राष्ट्रमा जन्म लिएको भए तपाईको कस्तो हभिगत गर्थे होलान् तपाई पुन हरियो कार्डमा दोस्रो मुलुक जानु पर्ने भईसक्ने थियो। 

महोदय तपाईलाई अमेरिकाको हरियो डलरले त्यसवेला यस्तो संग गाझ्झेको थियो नि तपाईले त “जननि जन्मभूमिश्च स्वर्गादपि गरियसि भन्ने ठाऊमा , त्यसको व्याख्या अमेरिका र अमेरिकाको कार्ड भनेको नेपाल र नेपाली नागरिकता भन्दा पनि प्यारो हुन्छ भनेर हिड्नु भएको देखिन्छ जस्ले गर्दा डलर र हरियो कार्डको लागी तपाईले आफ्नो जन्मभुमि समेतलाई घात गर्नु भएको छ । तपाई पुन डलरमा बिक्नु हुन्न भन्ने के ग्यारेन्टी छ महोदय ? तपाईलाई त देश भन्दा ठुलो र यो देश भन्दा राम्रो विगत वर्षमा अमेरिका हो भन्ने लागेको थियो हैन र ।

तर अचानक विगत १ बर्षमा के भयो तपाईलाई मेरो देश त नेपाल हो भन्न थाल्नु भयो र यो देशमा भएका तपाईका भक्तहरुलाई लगाएर अहिले विजय प्राप्त गर्नु भयो । तपाई महोदयलाई के लाग्छ यो देशको नागरिकता कुनै shopping mall मा राखेको जुत्ता चप्पल हो र मन लाग्यो भिर्यो मन लागेन return गर्यो । महोदय यो देशमा बसेर आफ्नु सम्पुर्ण जीवन त्याग र कर्म गर्ने कति कलाकार थिए कति स्रष्टा थिए जसको जन्म भुमि भुटान र अर्को मुलुक थियो ,तर कर्म भुमि नेपाल।

त्यसतो व्यक्तिहरुलाई यो देशले नागरिकता दिएन कारण थियो देशको नागरिकता कुनै पर्चा हैन यस्को महत्व छ भनेर तर तपाईलाई त सम्मानका साथ प्रदान गरेको नागरिकता मनलागेन भनेर कसरी त्यागनु भयो रु तपाईलाई के लाग्छ यो नागरिकता टोकरीको फलफुल हो , फुटपाथको कुनै कपडा मोजा हो मन लाग्यो लियो मन लागेन छोडेर हिन्न ? तपाईले पाएको त्यो नागरिकता बागबजारको कुनै फोटोकपि पसलबाट दिएको पर्चा हैन महोदय , त्यो बेलाको यो देशको श्री ५ को सरकार अन्तर्गतको गृह मन्त्रालय मार्फत जिल्ला अधिकारीको अफिसबाट प्रदान गरेको हो ,जसमा तपाईको दुई कान देखिने ढाका टोपी लगाएको र देशको निशान छाप लगाएको बहुमुल्य पत्र हो ।

कति सजिलो उत्तर दिनु भयो अमेरिकाको त्यागे मलाई नेपाली नागरिकता दे भनेर , त्यसतो गर्नु नै थियो भने अमेरिकाको किन ग्रिन कार्ड लिएको महोदय , म नेपाली हो मेरो देश नेपाल हो मलाई गर्व छ नेपाली हुनुमा त्यसैले तपाई गलत हुनुहुन्छ महोदय यो कुरामा 

Share:
Reaction :
ताजा समाचार
खेलकुद