Media Network

समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम, दलहरुले टुंग्याए नाम


खबरस्टोरी संवाददाता

३ आश्विन २०७९,सोमबार

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले आइतबार र सोमवार २ दिन सूची बुझाउने समय राखे पनि दलहरुले नाम टुंग्याउन नसक्दा पहिलो दिन सूची बुझाएका थिएनन् । 

आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन कार्यक्रम सार्वजनिक गरेअनुसार राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दलले पनि समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएका छन् । 

राजनीतिक दलको पछिल्लो हप्तादेखि जारी बैठकले अन्तिम नामावली टुंगो लगाउँदै सोमबार निर्वाचन आयोगमा बन्द सूची बुझाउने तयारी गरेका छन् । उनीहरूले सोमबार आयोगको कार्यालयमा बन्द सूची बुझाउने जनाएका छन् ।

एमालेले समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको एमालेका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद