Media Network

समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित


खबरस्टोरी संवाददाता

९ कार्तिक २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ । दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी आयोगले बुधबार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची  प्रकाशित गरेको हो । 

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार कायम भएका छन् । यसैगरी, प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नम्बर १ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदुरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवार कायम भएका छन् । 

समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका समेत गरी ५५० जनाको नाम आयोगले मंगलबार हटाउने निर्णय गरेको थियो । 

उम्मेदवारको बन्द सूची हेर्न तलका लिंकमा जानुहोस्ः 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः प्रदेश नं १ सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः मधेस प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः बागमती प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः गण्डकी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः लुम्बिनी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः कर्णाली प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभाः सूदुरपश्चिम प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

Share:
Reaction :
ताजा समाचार
खेलकुद