Media Network

चिनियाँ कम्युनिस्ट पार्टी को २०औं राष्ट्रिय महाधिवेशन सुरू


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरेका हुन् ।

आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ ।

विश्वको उयदीमान शक्ति राष्ट्र चीनमा सरकारभन्दा माथि हुने कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सबभन्दा शक्तिशाली मानिन्छ।

सीपीसीले यो महाधिवेशनबाट पार्टी महासचिव सी जिनपिङबाहेक अन्य नेतृत्वलाई परिवर्तन गर्ने विश्लेषण गरिएको छ ।

आइतबार बिहान १० बजेबाट सुरू महाधिवेशनलाई महासचिव सीले सम्बोधन गरेका छन् । उनले गएका पाँच वर्षमा प्राप्त उपलब्धि र आउने पाँच वर्षको कार्यदिशाबारे पार्टी प्रतिनिधि समक्ष व्याख्या गरेका छन् ।

करिब २३०० पार्टी प्रतिनिधि सहभागी यस महाधिवेशनले ३७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्यूरो सदस्य र त्यसमध्य ७ जना पोलिटब्यूरो स्थायी समिति सदस्य चुनिने छन् ।

चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार महाधिवेशनमा पार्टीका पूर्वसर्वोच्च नेताहरूसमेत उपस्थित छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद