Media Network

मुम्बईमा दादुराबाट २३३ बिरामी, १२ को मृत्यु


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौँ।महाराष्ट्रको मुम्बईमा दादुराका बिरामी बढ्दै गएका छन् । सहरमा दादुराका १३ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अनुसार यस वर्ष हालसम्म दादुराका २३३ केस  आएका छन् र कुल १२ जनाको ज्यान गइसकेको छ ।

बीएमसीले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार करिब ३० जना दादुराका बिरामी अस्पतालमा भर्ना भएको बताएको छ । योसँगै २२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

बीएमसीको सर्वेक्षणमा १ सय ५६ जनामा ​​दादुराको संक्रमण देखिएको छ । बालबालिका यो रोगको बढी जोखिममा छन् ।

मुम्बई नजिकै भिवंडीमा बस्ने दादुरा आएका आठ महिनाको बालकको मंगलबार मृत्यु भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद