Media Network

साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक


खबरस्टोरी संवाददाता

४ पुष २०७९,सोमबार

काठमाडौं।आइसिटी अवार्डले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ । सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आइसिटी अवार्डले यस वर्षदेखि साउथ एशिया स्टार्टअप विधा थप गरेको थियो । 

यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो । त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । साउथ एशियाका उत्कृष्ट ५ स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट टेक फोर बिलियन (चिंगारी) पर्न सफल भएका छन् । 

कस्ता छन् उत्कृष्ट ५ स्टार्टअप ? 

बोरक

बोरक बंगलादेशको सुपर एप हो । यसले राइड शेयरिङ, शप म्यानेजमेन्ट सोलुसन, वालेट लगायतको सेवा दिदै आएको छ । 

एक्जाम हब

एक्जाम हब श्रीलंकाको स्टार्टअप हो । यो एउटा गेमिफाइड एक्जामिनेसन सिस्टम हो । 

म्याजिक बिट

म्याजिक बिट पनि साउथ एशिया स्टार्टअप अवार्डको उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप हो । म्याजिक बिट लर्निङ प्लेटफर्म हो, यसले एआई, आईओटी,रोबोटिक्स, प्रोग्रामिङ लगायतका नयाँ प्रविधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउछ । समग्रमा भन्नुपर्दा यो स्टिम एजुकेसन सोलुसन हो । 

पोल्टा इंक

पोल्टा इंक पाकिस्तानको स्टार्टअप हो । यसले कृषकहरूको पोल्ट्री फार्मको मूल्य श्रंखला पहिले नै पत्ता लगाउन, भविष्यवाणी गर्न र नोक्सान रोक्न मद्दत गर्दै आएको छ । 

चिंगारी

चिंगारी भारतीय स्टार्टअप हो । यसले टिकटकको जस्तै शर्ट भिडियो सुविधा प्रदान गर्दै आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद