Media Network
हाम्रो बारेमा
विश्वभरीका सूचनाहरुलाई प्रस्तुत गर्ने छापाका साथै श्रब्य, दृष्यका माध्यम प्रचलित छन् । सञ्चारका माध्यमहरुका भीँडमा पछिल्लो समय सामाजिक सञ्जालहरुका साथै अनलाइन सञ्चारमाध्याम अर्को भरपर्दो सञ्चार स्रोत बन्न पुगेको छ ।
नेपालमा वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि सञ्चार माध्यामहरुको स्थापना तीब्र गतिमा भयो । केन्द्रीय रुपमा प्रकाशन प्रशारण मात्र नभई गाउँस्तरमा पनि स्थानीय एफएम रेडियो, टेलिभिजनजस्ता सञ्चार माध्यामहरुका स्थापना हुन पुगे ।
पछिल्लो दशकमा फेसबुक, ट्वीटर, यूट्युब, इन्टाग्राम लगायतका सामाजिक सञ्जाल सूचनाको बाहक बन्दै आएको छ भने अनलाइन सञ्चार माध्याम स्थापनाको पनि उत्तिकै बाढी आएको छ ।
यहि भीँडमा एउटा फरक पहिचानका साथ हामी सशक्त अनलाइन सञ्चार माध्यामको रुपमा तपाइँहरु माझ आएका छौं । खबरस्टोरी डट कम पब्लिक न्यूज नेटवर्क (प्रा.लि.) द्वारा सञ्चालित नेपाली तथा अंग्रेजी भाषाको न्यूज पोर्टल हो । सत्य तथ्य तथा निष्पक्षका साथै समाचारलाई खोजमुलक बनाउने हाम्रो निर्दिष्ट लक्ष्य रहनेछ । राष्ट्र, राष्ट्रियता र स्वाभिमानको रक्षार्थ जस्तोसुकै रुपमा समाचार सम्प्रेषण गरी आम पाठक तथा दर्शकमाझ पुग्ने हाम्रो ध्येय हुनेछ ।
राज्यको शासकीय संरचनाअनुसार हामी केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै पुग्ने योजनाका साथ अघि बढेका छौं । तपाईँहरुको सल्लाह सुझाव नै हाम्रो मार्गदर्शक सिद्धान्त हुनेछ । पब्लिक न्यूज नेटवर्क प्रा.लि. (पीएनएन) द्वारा सञ्चालित खबरस्टोरी डटकमलाई हामी देशका सात वटै प्रदेशबाट एकसाथ प्रकाशन गरेका छौं ।