Media Network

अन्तत : दुई दशकपछि भंगहामा चल्यो रेल .....


खबरस्टोरी संवाददाता

३१ असार २०८०,आईतवार

जनकपुरधाम । अन्तत : दुई दशकपछि नेपालको एकमात्र ब्रोडगेज रेल सेवा महोत्तरीको भंगहासम्म पुगेको छ । फूलले सिंगारिएको रेल आएको देखेर भंगहावासी दंग परे ।

आजबाट भंगहा नगरपालिकामा पर्ने विजलपुरबाट भारत विहार राज्यको जयनगरसम्म रेल औपचारिक रुपमा संचालनमा आएको छ । रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरे । उनले हरियो झण्डा देखिएपछि रेल जयनगरका लागि छुट्यो ।

दुई दशकअघि भातरमा शासन गरिरहेको तत्कालीन इष्ट इण्डिया कम्पनीले काठ ओसार्न भंगहासम्म न्यारोगेज रेल सञ्चालन गरेको थियो । तर बाढीले ट्रयाक बगाएपछि रेल जनकपुरधामदेखि जयनगरसम्म सीमित भयो । पछि न्यारोगेज पनि बन्द भयो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद