Media Network

त्रिविले पायो पुर्णता


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सिफारिस गरेको १५ दिनमा विश्वविद्यालयले रेक्टर र रजिस्ट्रार पाएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार रेक्टर शिक्षाध्यक्ष मा प्रा.डा.खड्ग केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त गरेका छन् । केसी र रिजालले शुक्रवार नै नियुक्ति पत्र बुझेका छन् ।एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट प्राध्यापकलाई नियुक्ति गर्न दबाब दिएकै कारण दुई सातादेखि उपकुलपतिको सिफारिस प्रधानमन्त्री कार्यालयमा रोकिएको थियो ।

प्रधानमन्त्री दाहालले शुक्रवार ओलीसँगको छलफलपछि उपकुलपति बरालले सिफारिस गरेकै व्यक्तिलाई नियुक्ति गरेका हुन ।वातावरण विज्ञानका प्राध्यापक रिजाल नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । त्यस्तै केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक हुन । जापानको नागासाकी विश्वविद्यालयबाट उनले अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद