Media Network

निजी विद्यालयले एक महिनाको भन्दा धेरै शुल्क लिएर विद्यार्थी भर्ना गर्न नपाउने


खबरस्टोरी संवाददाता

७ बैशाख २०८१,शुक्रबार

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ ।

महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको र त्यसभन्दा धेरै लिएमा कानुनअनुसार कारबाही गर्ने महानगरले जनाएको छ ।

महानगरका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले निकालेको सूचनामा संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी त्यही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद