Media Network

अटेर हुँदा आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

वीरगञ्ज।वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याएको छ।महानगरले पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि ती  इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो ।

महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाले बताएको छ।

महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाहीस्वरुप दुई हजार पाँच सय रुपैयाँका दरले जरिबाना गरिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय, ओमआश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै  खसेको अवस्थामा रहदा हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उनीहरुलाई कारबाही गरिएको जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद