Media Network

बाढीले कागबेनीको प्रहरीचौकीसहित १५ घर बगायो


खबरस्टोरी संवाददाता

२९ श्रावण २०८०,सोमबार

काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १५ घर बगाएको छ ।वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी कागबेनी बस्तीमा छिरेपछि १५ वटा घररहोटल, प्रहरी चौकी, पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको हो ।

आइतबार राति आएको बाढीले उक्त भौतिक संरचनामा क्षति पुर्याएको हो ।बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारिएकाे छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद