Media Network

भद्रकालीमा विश्वकर्मा पूजा


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।

आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भइ दर्शनार्थी पूर्जा आरधना गर्दछन् ।

भद्रकाली मन्दिरमा विगतमा जस्तो दर्शनार्थीको भिडभाड र उल्लास भने यो वर्ष देखिएन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद